सोमबार, भाद्र २२, २०७७ || 510  पटक पढिएको

काभ्रेमा सोमबार एकै दिन दुई युवतीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार काभ्रेमा दुई युवतीले आत्महत्या गरेको जनाएको छ । प्रहरीका अनुसार जिल्लाको धुलिखेल नगरपालिका–८ घरभई हाल धुलिखेल–४ मा बस्ने २४ वर्षिया अनिता बडाल र सोही स्थान बस्ने १७ वर्षिया ईशा अच्छामीले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार बडालले आफ्नै घरको भुईं तलाको कोठाको झ्यालमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् भने अच्छामीले विषादी सेवन गरी आत्महत्या गर्नुभएको हो । काठमाडौँमा बिएस्सी नर्सिङ अध्ययन गर्ने अनिताका आमाबुबा एक वर्षअघि अष्ट्रेलिया जानुभएको थियो भने अनिता धुलिखेलस्थित घरमा दिदी सुमित्रा बडाल र भिनाजु पुष्पराज नेपालसँग बस्दै आउनुभएको थियो । मृतक दुवैको शव पोष्टमार्टमको लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!