सोमबार, भाद्र २२, २०७७ || 687  पटक पढिएको

छिमेकीलाई धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका लुस्लेरीका मोतिराम परियार र उनकै छोरा राजु परियार रहेका छन् । विवादको क्रममा छिमेकी दान बहादुर परियार र अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गर्दा घाइते भएको सुचना आए लगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!