भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनौतलाई वाई लेभलको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । केहि दिन अघि सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले उनी मुम्बईमा आफूललाई सुरक्षित महसुस नगरिरहेको बताएकी थिइन् । केन्द्र सरकारको तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्वीटरमा देशका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् ।

के हो वाई श्रेणीको सुरक्षा ?

भारतमा नेता वा ठूला व्यक्तित्वलाई साधारणतया जेड प्लस, जेड, वाई र एक्स श्रेणीको सुरक्षा प्रदान गरिन्छ । यसमा केन्द्रीय मन्त्री, मुख्यमन्त्री, सर्वोच्च अदालतका न्यायाधीस, चर्चित नेता र वरिष्ठ अधिकारी समावेश हुन्छन् । जेड श्रेणीको सुरक्षामा सुरक्षाकर्मीको संख्या २२ हुन्छ । यो श्रेणीमा आइटीबीपी (इन्डो–तिब्बती बोर्डर पुलिस) र सिआरपीएफ (केन्द्र रिजर्व पुलिस बल) का जवान र आधिकारी सुरक्षामा लागेका हुन्छ । यो श्रेणीको सुरक्षामा एस्कोर्टस् र पाइलट वाहन पनि दिइन्छ । जबकी वाई श्रेणीमा ११ जना सुरक्षाकर्मी हुन्छन् । यसमा दुई पर्सनल सिक्योरिटी अफिसर्स (पिएसओ) समावेश हुन्छन् । एक्स श्रेणीमा २ सुरक्षाकर्मी तैनाथ हुन्छन् जसमा एक पिएसओ समावेश हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!