आइतबार, भाद्र २१, २०७७

नेपाल गरिब छ । नेपालीहरु पनि गरिब छन् । नेपाल गरिब भए पनि नेपालीहरु धनी छन् । नेपाली र नेपाल दुइटै गरिब छन् । यो देश गरिब तर नेताहरु धनी छन् । यसरी यस किसिमका धनी र गरिब सम्बन्धी नेपाली समाज र देशको विषयलाई जोडेर विभिन्न कुराहरु समाजमा आइरहन्छन् । समाजका विभिन्न वर्गले नेपाललाई प्राकृतिकरुपले धनी देशको रुपमा चिनाएको तर आर्थिकरुपले निकै गरिब रहेको चिनेका छन् । नेपाल साँच्चिकै गरिब भएको र पहिलेको तुलनामा झन गरिब हुँदै गएको पनि बताइरहेका छन् । जुन गतिमा विश्वले आर्थिकरुपमा अगाडि बढे सोहीरुपमा नेपालले आर्थिक प्रगति गर्न नसकेकोले नेपाल आर्थिक रुपमा पछाडि परेको हुन सक्ने धेरैको अनुमान रहेको छ । मानौँ केही पहिलेसम्म अलिकति अगाडि बढेको घोंडाको गतिभन्दा कमजोर गति रहेको अर्को घोडाले आफ्नो गतिलाई बढाउँछ तर पहिलो घोडाले आफ्नो गति कायमै राख्दा पनि केही समयपछि पछिल्लो घोडाले पहिलो घोडालाई उछिन्न सक्छ ।

सामान्यरुपमा मानिसले सजिलै बुझ्न सकिने कुरो के हो भने हामी कसैलाई कमाएर नदिएसम्म हामीलाई कसैले काममा लगाउँदैन । यसको अर्थ हो हामी विदेशमा गएर अरुलाई राम्रो आम्दानी दिइरहेका छौँ । अरुलाई फाइदा गराएपछि फाइदाबाट केही अ्रश कामदारलाई प्राप्त हुन्छ । सानो अंश पाउँदा पनि नेपालमा हरेक दिन करोडौँ रुपैया रेमिटान्स भित्रिइरहेको छ । यसैले नेपालको अर्थतन्त्रलाई धानेको छ ।

नेपाल किन गरिब छ ? यस प्रश्नको उत्तरमा भन्न सकिन्छ कि नेपाल गरिब छैन । नेपाली चाहिँ गरिब भएकै हो । नेपालीले अरुलाई धनी बनाउन जानेर आफू गरिब भएको हो । नेपाली आफूले चाहेर गरिब भएको हो वा अरुले गरिब बनाउन चाहेर गरिब भएको हो ? यी प्रश्नको उत्तर गम्भीरतापूर्वक खोजिनु आवश्यक रहेको छ । कोही चाहेर आफू गरिब हुन खोज्दैन । कुनै बाध्यता वा विवशताले गर्दा कसैको सम्पत्ति गुम्न गयो भने वास्तवमा नचाहेर पनि गरिब हुुनुपर्ने अवस्था आउन सक्छ । नेपालीको अवस्था भने केही हदसम्म यसैसित सम्बन्धित रहेको देखिन्छ । नेपाली आफ्नो बानीले गरिब भएको हुनुपर्छ वा कसैले गरिब बनाइदिएर गरिब भएको हुनुपर्छ । नेपाली आर्थिक रुपले गरिब नभएर पनि गरिब हुनुपरेको छ । यसैकारण सर्वसाधारण चाहिँ गरिब भएर पनि गरिब नभएको वा नभएर पनि भएको भन्ने लागेको हुन सक्छ ।
हाम्रो सोचाइ र चिन्तनमा नेपालीपन निकै कम देखिन्छ । हामी नेपालीलाई हेप्छौँ अर्थात आफैँले आफैँलाई हेप्छौँ । जो आफू नै आफूबाट हेपिन्छ, अपहेलित हुन्छ, उसप्रति अरुले दयामात्र देखाउन सक्छ । कसैले आर्थिकरुपमा फाइदा लिन खोज्छ जसले उसलाई अझ बढी फाइदा होओस् । जब हामी अरुलाई बढी फाइदा दिनतिर जानेर वा नजानेर लाग्छौँ तब हामीले जानेर वा नजानेर आफैलाई घाटा पु¥याइरहेका हुन्छौँ । हामीले आफूले आफूलाई घाटा पु¥याएर बढी गरिब भएका छौँ र झन् बढी गरिब हुने दिशामा लम्केका पनि छौँ । यो लम्काईको विश्रामस्थल भेटाउन निकै बेर लाग्ने देखिन्छ । हामी निरन्तर यस दिशामा यसरी अगाडि बढिरहेका छौँ कि मानौँ हाम्रो गन्तव्य नै यही हो वा यति हो । यसभन्दा बढी हाम्रो कुनै चाहना नै छैन ।
अलिकति यथार्थतिर हेरौँ न । हामी हरेक दिन हजारौँको संख्यामा विदेश गइरहेका छौँ । सामान्यरुपमा मानिसले सजिलै बुझ्न सकिने कुरो के हो भने हामी कसैलाई कमाएर नदिएसम्म हामीलाई कसैले काममा लगाउँदैन । यसको अर्थ हो हामी विदेशमा गएर अरुलाई राम्रो आम्दानी दिइरहेका छौँ । अरुलाई फाइदा गराएपछि फाइदाबाट केही अ्रश कामदारलाई प्राप्त हुन्छ । सानो अंश पाउँदा पनि नेपालमा हरेक दिन करोडौँ रुपैया रेमिटान्स भित्रिइरहेको छ । यसैले नेपालको अर्थतन्त्रलाई धानेको छ । नेपालको अर्थतन्त्रमा रेमिटान्सको महत्त्वपूर्ण योगदान रहेको सबैले बताएकै छन् । यसले के देखाउँछ कि नेपालीहरुले अरुलाई बढी नाफा दिइरहेका छन् र विदेशमा काम गरेर थोरै रेमिटान्स ल्याएर धेरै चाहिँ विदेशलाई नै धनी बनाइरहेका छन् ।
नेपालमा आएको पैसाको सदुपयोग कसरी भएको छ त नेपालमा ? यस कुरातिर ध्यान दिने हो भने नेपालीले धेरै गरिब हुनुको कारण स्पष्ट हुन आउँछ । नेपालमा भित्रिएको पैसाको सदुपयोग भएको भन्दा पनि दुरुपयोग भएको देखिन्छ वा हामीले सदुपयोग गर्न नजानेर पनि हामी गरिब भएको हुनुपर्छ । अरु धेरै उदाहरणहरुको खोजी नगर्दा पनि भइहाल्छ वा हुनुपर्ने हो । साँच्चिकै विचार गर्नुपर्दा विदेशमा काम गरी भित्र्याएको रकमको निकै ठूलो अंश फेरि विदेशमा पुग्ने गर्दछ । विदेशबाट आएको पैसाको खर्च हुँदा फेरि विदेशमै जाने भएपछि बालुवामा राखेको एउता यस्तो घैंटोमा पानी हालिरहेका छौँ जसको पिधभरि प्वालैप्वाल रहेका छन् । अनि घैंटो भर्न नसकेको भनेर हामी अरुलाई गाली गरिरहेका छौँ ।
विदेशबाट नेपाल भित्रिएको पैसाको सबै सामान विदेशबाट मगाइरहेका छौँ । यहाँसम्म कि पैसठी प्रतिशत नेपालीको पेसा कृषि रहेको देखिएकोमा सबैले देखेबुझेको कुरो हो कि नेपालमा खाद्यान्न, दलहन, तेलहनलगायतका सबै किसिमका कृषि उपज विदेशबाट ल्याउनुपरेको छ । विदेशबाट ल्याइएको खानेकुरामात्र होइन, दूध, माछा, मासु र कपडा पनि हामीले प्रयोग गरिरहेका छौँ ।
काम गरेर विदेशलाई नाफा दिने, विदेशमा कमाएर ल्याएको नगदको पनि धेरै भाग विदेशबाटै आउने सामानमा खर्च गर्ने र विदेशबाट सामान किन्दा पनि राजस्व छली गर्ने प्रवृत्ति भएपछि आफ्नो कमाइको कति प्रतिशत पूर्णरुपमा देशमा खर्च भएको हुन्छ र ! साँच्चै भन्ने हो भने विदेशी कपडा, विदेशी चिनी, विदेशी नून, विदेशी तरकारी, विदेशी फलफूल, विदेशी खाद्यान्न, विदेशी पेयपदार्थ तथा विदेशमै छोराछोरीलाई पढाउने चिन्तनले गर्दा हामी नेपालीको समग्र कमाइको निकै ठूलो अंश फेरि विदेशमै फर्किने गरेको देखिन्छ । हाम्रो स्वाद र आनीबानी पनि विदेशतिर उन्मुख देखिन्छ । हामी आफ्ना स्थानीय भोजनदेखि पेयपदार्थसमेतलाई मन पराउन छाडेका मात्र नभई साँच्चै नै बिर्सिनै खोजिरहेका छौँ । कागती पानी खाँदा त चिसो पेयपदार्थभन्दा निकै राम्रो हुन्थ्यो र सस्तो पनि तर हामी पसलमा गएर चिसो लिएर पिउँछौँ जसले गर्दा हामीले पिएको चिसोले केही रुपैया विदेश पनि पठाइरहेको हुन्छ किनभने हामीले राम्रो मानेको चिसो कुनै बहुराष्ट्रिय कम्पनीको रहेको छ । हामीले बारीमा उत्पादन गर्न सक्छौँ कागती तर कागती पनि विदेशबाट आइरहेको छ ।
यसरी हामी गरिब भएको छौँ । हाम्रो देश गरिब नभए पनि हामीले हाम्रो आनीबानी र व्यवहारले गर्दा यहाँको प्राकृतिक साधनको उपयोगको सटा हामी विदेशतिर बढी केन्द्रित हुन थालेका छौ । हामी विदेशका सबै सामान उपभोग गर्ने हैसियत राख्दछौँ तर गरिब छौँ । हामी गरिब छौँ त्यसैले हामीलाई स्वदेशीभन्दा विदेशी सामान मन परिरहेको छ । गरिबीको भौतिक पक्षभन्दा हामीमा चिन्तनको पक्ष बढी सबल रहेको हो कि !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया