मंगलबार, पौष २९, २०७६ || 1488  पटक पढिएको

हिपमत डटकम
मोरङ, २९ पौष :ईलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाएको छ । सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा बहु-बिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धामा कैद तथा जरीवाना फैसला भई हाल सम्म पनी फरार रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागी अदालतमा बुझाएको हो । यस पौष महिनामा मात्र ईलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुझाईसकेको छ भने फरार प्रतिवादीहरुलाई पक्राउ गर्न बिशेष टोली नै खटाई पक्राउ अभियान संचालन भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!