मंगलबार, पौष २९, २०७६ || 696  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२९पौष :चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् ।
अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । स्टेजमा ईनर्जिका साथ प्रस्तुती दिने बिक्कीलाई लाईभमा औधी रुचाईने आयोजकहरु बताउँछन् ।
थुप्रै ईभेन्ट आयोजना गरिसकेका व्यवस्थापक बिक्रमका अनुसार यो कन्सर्ट बिशेष हुनेछ । थुप्रै सांगीतिक कार्यक्रमको व्यवस्थापक रहेका बिक्रमले बिक्की गुरुङ्गको कार्यक्रमलाई नेतृत्व गर्न पाउँदा खुसी लागेको बताए ।
बिक्कीले यसअघि पनि बिक्रम गुरुङ्को नेतृत्वका केही कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । सार्क होटलमा आयोजना हुने यो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थिती रहने बिश्वास लिईएको छ । आयोजक टिम कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न लागिपरिरहेको व्यवस्थापक बिक्रमले जानकारी दिएका छन् । युवापुस्ताको मनामा बस्न सफल गुरुङ्को मरी जाउ, केवल, मरी जाउ २ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!