जनावर अधिकर्मीहरुमाझ तातो बहसको विषय बनेको हात्तीलाई पाकिस्तानस्थित चिडियाघर छाड्नेअनुमति मिलेको छ । हात्तीको स्थानान्तरणका लागि लबिङ गरिरहेका समूहहरुले अब यसलाई राम्रो वातावरणमा लगेर राखिने बताए ।
‘विश्वको एक्लो हात्ती’ नाम दिइएको काभान ३५ वर्षभन्दा लामो समयदेखि इस्लामावादस्थित मार्गहजर चिडियाखानाको साँघुरो क्षेत्रफलमा प्रताडित भएर बसेको थियो । फोर पाज जनावर संरक्षण संस्थाका प्रवक्ता मार्टिन बाउरकाअनुसार यस हात्तीलाई अन्तत भ्रमणका लागि मेडिकल स्वीकृति मिलेको छ । सायद अब यसलाई कम्बोडिया लगेर राम्रो वातावरण राखिनेछ । शुक्रबार चिडियाघरमै काभानको पूर्ण मेडिकल परीक्षण गरिएको बाउरले बताए ।

गत मेईमा पाकिस्तानको उच्च अदालतले मार्गहजर चिडियाखाना बन्द गर्न आदेश दिएको थियो । लापरवाहीका कारण चिडियाघरको अवस्था दर्दनाक बनेको भन्दै यस्तो आदेश दिइएको थियो । चिडियाघरको दयनीय अवस्थाबाट काभानको उद्धार गराउन विश्वभरका जनावर अभियन्ता सक्रिय थिए ।

शुक्रबारको स्वास्थ चेकजाँचमा यो हात्ती आवश्यकभन्दा धेरै मोटो भएको, कुपोषणको संकेत पनि देखिएको र उसका नङहरु भाँचिएको देखिएको थियो । साँघुरो क्षेत्रमा बस्नुपर्दा उसको खुट्टामा पनि क्षति भएको देखियो । ‘यी सबैका बाबजुद परीक्षणपछि काभानी अझै बलियो रहेको प्रमाणित भयो । अब सम्भवत कम्बोडियाको आरक्षमा उसको पुनर्वासको व्यवस्था गरिनेछ,’ बाउरले भने ।

बाउरका अनुसार एक्लै बस्दा यो हात्तीको व्यवहारमा पनि केही समस्या देखिएको छ । सन् २०१२ मा यसको पार्टनरको पनि मृत्यु भएको थियो । त्यसयता एक्लोपन र खराब जीवनशैलीमा बाँच्न यो बाध्य थियो । अधिकारकर्मीहरुले सन् २०१६ देखि नै यस हात्तीको पुनर्वासको व्यवस्था हुनुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!