आइतबार, भाद्र २१, २०७७ || 922  पटक पढिएको

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठनलाई केही दिन पर धकेल्ने भएका छन् । नेकपाभित्र नयाँ परिस्थिति देखापरेपछि तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका हुन्।

यसअघि भदौको तेस्रो साता मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थिति बनाएका प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनका घट्नाक्रमका कारण पर सार्ने संकेत गरेका हुन्।

पार्टीका अरु प्रमुख नेताका चाहनालाई अन्य बिभिन्न मन्त्रालयमार्फत पूरा गराएर अर्थमन्त्रीमा डा.युवराज खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री ओलीको भित्री इच्छा थियो।

आफ्नो रणनीतिअनुसार अघि बढ्न पाएको भए प्रधानमन्त्री ओली भदौको तेस्रो साता नै मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा थिए। तर पार्टी सचिवालयको यसअघिको निर्णयलाई समेत आधार बनाएर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई नै मनोनित गर्नुपर्ने अडान लिएपछि ओली अप्ठेरोमा परे।

त्यति मात्र होइन, तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्ना खास नेताहरूलाई सेफ ल्यान्डिङ गराउने अवस्थामा प्रधानमन्त्री छैनन् ।

हालै मन्त्रीबाट राजीनामा दिएका खतिवडा, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाका साथै स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि गृहमन्त्री रामबहादुर थापा बादलको पदसमेत असुरक्षित भएपछि ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने घोषणा गरेका हुन् । उनले राम्रोसँग काम गर्न निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!