मंगलबार, पौष २९, २०७६ || 1195  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , पौष २९ गते : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ । ४० को दशकको अन्त्यतिर गजल गायन बाट नेपाली गीत सङ्गीतामा उदाएका निशानको सोमबार राति सवारी दुर्घटनामा परी निधन भएको हो । दरबारमार्ग स्थित बान थाई रेस्टुरेन्टबाट राति साङ्गीतिक प्रस्तुति दिएर घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुने स्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताइएको छ । गजल गायनमा निपुण भट्टराई स्टेजसँगै होटेल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!