आइतबार, भाद्र २१, २०७७ || 651  पटक पढिएको

रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भयानक साइड इफेक्टसमेत नरहेको बताइएको छ ।

लान्सेट पेपर अनुसार स्पुतनिक भी को दुईवटा ट्रायल जून र जुलाई महिनामा भएको थियो । प्रत्येकमा ३८ स्वस्थ्य स्वयंसेवकको उपस्थिती रहेको थियो जसलाई सुरुमा स्पुतनिक भी भ्याक्सिन दिइएको थियो भने त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो ।

१८ देखि ६० वर्ष उमेर समूहका यी सहभागीलाई ४२ दिनसम्म अवलोकन गरिएको थियो । उनीहरुमा तीन हप्ताभित्र एन्टिबडी विकसित भएको पाइयो । उनीहरुमा टाउको र जोर्नी दुखाई साधारण साइड इफेक्ट देखिएका थिए ।

रसियाले उक्त भ्याक्सिन अगस्टमा स्थानीय प्रयोग गर्न अनुमति दिएको थियो । रिपोर्ट प्रकाशित नगरी भ्याक्सिन प्रयोगमा अनुमति दिने यो पहिलो देश हो । त्यसैले यसको व्यापक आलोचनासमेत भएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!