विधानविपरीत विभाग गठन गरिएको भन्दै सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको छ। सभापतिले निर्णय नसच्याए पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम गर्ने रणनीति पौडेल समूहको छ।

संस्थापन इतर समूहका नेताको शनिबार भएको जुम बैठकले विधानविपरीत गरिएका निर्णय सच्याउन सभापति देउवालाई दबाब दिने निर्णय गरेको हो। जुम बैठकमा महामन्त्री डा. शशांक कोइरालाले आगामी कार्यनीति पेश गरेका थिए।

‘सुरुमा सभापतिलाई भेटेरै निर्णय सच्याउन आग्रह गर्छौँ, सभापतिबाट विधान विपरीत भएका सबै निर्णय सच्याउन पार्टी कार्यालयमा दर्ता गराउँछौं,’ केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘त्यसको सुनुवाइ नभएन भने धर्ना दिनेदेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम हुन्छन्।’

विरोधका बीच पनि सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह आक्रोशित बनेको हो। पौडेल समूहका कतिपय नेताले सामूहिक राजीनामा दिएर सभापतिलाई दबाब दिनुपर्नेमा जोड दिएपनि बैठकले भने यसबारे कुनै निर्णय गरेको छैन।

‘राजीनामा दिने कुरा त नेताहरुको स्वविवेकको कुरा हो, अघिल्लो पटक शेरबहादुर देउवाले कसैलाई सोधेर राजीनामा दिनुभएको थिएन,’ पौडेल समूहको एक नेताले भने, ‘मनोनित सदस्यले राजीनामा दिनुपर्ने आवाज उठेको छ। यो कुरा त वरिष्ठ नेता आफैले बुझ्नुपर्ने हो।’

बैठकमा वरिष्ठ नेता पौडेलले राजीनामाका विषयमा केही कुरा उल्लेख गरेनन्। तर उनले पार्टीभित्र विधि स्थापित गर्न सशक्त दबाब दिनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। ‘अघिल्लो बैठकमा उहाँ९पौडेल० ले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको भेला बोलाउने कुरा गर्नुभएको हो, आजको बैठकमा विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्छ भन्नुभयो,’ पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँले खुट्टा कति बलियो बनाउनुहुन्छ, त्यसैमा हाम्रो आगामी रणनीति बन्छ।’

पौडेल समूहले बोलाएका यसअघिका बैठकमा अनुपस्थित रहँदै आएका तेस्रो धारका नेता शनिबारको जुम बैठकमा भने सहभागी भएका छन्। नेताहरु गगन थापा, प्रदीप पौडेल बैठकमा सहभागी थिए। नेता कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए। तेस्रो समूहका नेताका रुपमा चिनिने थापाले सिटौलालाई पनि बैठकमा उपस्थित गराउनुपर्नेमा जोड दिएका थिए। सभापति देउवा महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीत विभाग गठन गर्न लागेको भन्दै नेता थापाले सभापतिका गलत कदमविरुद्ध सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए।

विभाग गठन र क्रियाशील सदस्यता वितरणमा संस्थापन इतर समूहका नेताको विरोध छ। उनीहरुले महाधिवेशनको निष्पक्षमतामाथि प्रश्न उठाउँदै आएका छन्। सभापति देउवाले ४७ विभागमध्ये २० विभाग गठन गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!