बुधबार, आश्विन १५, २०७६ || 2127  पटक पढिएको

काठमाडौँ, राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।
काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो ।उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श दिई अभिभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिए ।


गत साउनदेखि परिषद्ले नियमित रुपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ । साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका बालबालिका तीनदेखि १८ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालक र दुई बालिका गरी कुल ११ जनाको पनि उद्धार गरेको थियो ।सरोकार केन्द्रबाट उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका रहेका छन् ।
उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!