शनिबार, भाद्र २०, २०७७ || 1130  पटक पढिएको

झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ ।-रासस/File photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!