पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिएका छन् ।प्रधानमन्त्री खानको विषेश सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।

पूर्व प्रमुख सैन्य प्रवक्ता समेत भइसक्नु भएका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए । उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।

“मलाई विश्वास छ की, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पुरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,” उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सवै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिए।-एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!