शुक्रबार, भाद्र १९, २०७७ || 903  पटक पढिएको

नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन्। तर महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच जुहारी सुरु भइसकेको छ। यसअघि दुई पटक संशोधन भइसकेको महाधिवेशन कार्यतालिका फेरि कोरोनाकै कारण प्रभावित बनेको छ। महाधिवेशनका लागि गर्नुपर्ने प्रारम्भिक कार्य संघीयताअनुसार संगठन समायोजन अधुरै छ। क्रियाशील सदस्यता वितरणको काम सुरु भएकै छैन।

‘महामारीको स्वरूप कस्तो हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन। १५ वटा जिल्लामा समायोजनको काम नसकिँदा उनीहरूले क्रियाशील सदस्यता प्राप्त गरेका छैनन्’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘बाँकी जिल्लामा पनि ५० प्रतिशत मात्रै क्रियाशील सदस्यता पुगेको छ।’ कार्यतालिका फेर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता पौडेलले महाधिवेशन फागुन ७ मा हुन नसक्ने स्पष्ट पारे। ‘महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कम छ, यो यथार्थलाई स्वीकार गर्दै नयाँ मिति तय गर्नेबारे अगाडि बढ्नुको विकल्प छैन’, जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले बिहीबार आयोजना गरेको वेविनारमा पौडेलले भने।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा भने महाधिवेशनका लागि आवश्यक तयारी नै नभएको दाबी गर्छन्। कोरोनाकै कारण महाधिवेशनको मिति सार्ने हो भने अझै दुई वर्षमा पनि नहुने ठोकुवा गर्दै नेता थापाले समयमै महाधिवेशन गर्ने विकल्प सुझाए। ‘यही अवस्था हो भने फागुनमा त सम्भव छैन। यसमा बेकारको बहस मात्रै हो। म त जेठमा मात्र होइन भदौमा पनि सम्भव देख्दिनँ’, उनले भने, ‘जिल्ला अधिवेशनका लागि वडा र केन्द्रीय महाधिवेशनका लागि क्षेत्रमा मतदान गर्ने व्यवस्था गरौं। यसले भीडभाड पनि हुँदैन।’ नेता थापाले नेतृत्वको इच्छाशक्तिका कारण महाधिवेशनको कुनै तयारी अगाडि नबढेको दाबी गरे। यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!