शुक्रबार, भाद्र १९, २०७७ || 784  पटक पढिएको

आन्तरिक राजस्व विभागले स्वदेशी मुद्रण उद्योगलाई अन्तःशुल्क स्टिकर छाप्न दिने तयारी गरेको छ। विभागले यसका लागि स्वदेशी मुद्रण उद्योगको प्राविधिक तथा भौतिक पूर्वाधारको अवस्था र क्षमता उपभोगको साम्भाव्यता अध्ययन सुरु गरेको हो।

सर्वोच्च अदालतले ‘नेपाली कम्पनी तथा उद्योगले सार्वजनिक निकायको मागबमोजिमको सेवा आपूर्ति गर्न सक्ने÷नसक्ने सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरी नेपाली उद्योगीलाई योग्यता प्रदर्शन गर्न सक्ने वातावरण सिर्जना गर्न’ विभागलाई निर्देशनात्मक आदेश दिएको थियो।

सोही आधारमा विभागले अध्ययनका लागि विभागको उपमहानिर्देशक शिवादेवी दाहालकोे संयोजकत्वमा समिति गठन गरेको छ। अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित यो समितिले अध्ययन गरिरहेको छ।

गत शनिबार विभागले नेपालका मुद्रण उद्योगलाई पत्राचार गर्दै कानुनी, प्राविधिक तथा भौतिक पूर्वाधार क्षमताको विवरण त्यसलाई पुष्टि गर्ने आधार उपलब्ध गराउन आह्वान गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!