नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आव द्ध टोली जमैका तलावाज क्यारेबियन प्रिमियर लिग(सीपीएल)को सेमिफाइनमा प्रवेश गरेको छ । गएराति सुरु भएको जमैका र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण र द्द भएको थियो । दुवैले १–१ अंक बाडेका थिए ।
ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल पुन सुचारु हुन सकेन ।
शुक्रबार बिहानको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले हराएपछि जमैका २ खेल अगाबै समेमिफाइनलमा प्रवेश गरेको हो । ८ खेल खेलेको जमैकाको ७ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा छ । लिग चरणका एक–एक खेल मात्रै खेल्न बाँकी रहेका बाबौडोज ट्रिडेन्सको ४ र सेन्ट किट्सको ३ अंक मात्रै छ । यी दुवै टोलीले बाँकी एक खेल निते पनि ६ र ५ अंक मात्रै हुने भएपछि जमैका दुई खेल नखेल्दै सेमिफाइनलमा पुगेको हो ।
यो सँगै सिपिएलको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । ट्रिन्बागो नाइटराइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाजले सेमिफाइनमा स्थान बनाउदा साविक विजेता बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटस प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगितामा सबै खेलमा प्रतिशत जित हात पारेको नाइटराइडर्स ८ खेलबाट १६ अंकका साथमा शीर्ष स्थानमा छ । १० खेलबाट ६ जित तथा ४ हारको नतिजा निकालेको गुयाना १२ अंकको साथमा दोस्रो, ८ खेलबाट ५ जित र ३ हारको नतिजा निकालेको जुक्स १० अंकको साथमा तेस्रो स्थानमा छन् ।
जमैकाले अब लिग चरणका बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ । सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन सफल भएका छन् ।