हिपमत डटकम
काठमाडौँ , २९ पुस :रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्र करीब चार वर्षदेखि बन्द रहेको छ । पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए । बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भने,‘त्यस यता चार वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ । सो तीर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन ।’ यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!