कोरोना भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको छ । जसको कारण हरेक व्यक्तिले आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन् ।

त्यसमध्ये सबैभन्दा सस्तो र सजिलो उपाय पनि छ । स्वास्थ्यविद् का अनुसार गुर्जोका पात पानीमा उमालेर पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसका पातहरु अन्य फलफूलसँग मिसाएर जुस बनाएर पनि पिउन सकिन्छ ।

गुर्जोका पातहरु पानका पातजस्तै देखिन्छन् । गुर्जोका पातमा क्याल्शियम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु प्रयाप्त मात्रामा पाइन्छन् । यसका साथै यसमा स्टार्च पनि धेरै मात्रा पाइन्छ । यसको पातको जुसले शक्ति बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।

मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, खोकी, रुघा र ग्यास्ट्रोइन्टसटाइनल जस्ता समस्याहरुका साथै अन्य ठूला रोगहरुबाट पनि रक्षा गर्छ । यसलाई उमालेर तातो पानी, जुस, काडा चिया वा कफि जस्ता पेयपदार्थ बनाएर पिउन सकिन्छ । विज्ञानले समेत आयुर्वेदिक उपचारको रुपमा स्वीकार गरेको छ ।

१. गुर्जोका पातले एनीमिया पनि कम गराउँछ । यसमा घिय्यू र मह मिसाएर रगतको कमी हुनबाट बचाउँछ ।

२. पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुन्छ । यसलाई चुर्णको रुपमा खान सकिन्छ । कसैले यसको पातलाई पानीमा उमालेर पिउन सकिन्छ । साथै, गुर्जोेको पातलाई पिसेर महमा मिसाएर खान सकिन्छ ।

३. हात खुट्टामा एलर्जी भएमा गुर्जोको पातलाई खानामा सामेल गर्नुपर्छ । गुर्जोको पात पिसेर त्यसको पेस्ट हातखुट्टामा लगाउँदा छिट्टै निको हुन्छ ।

४.गुर्जोले पेटसँग जोडिएका थुप्रै समस्याहरुको समाधान गर्छ । कब्जियत, ग्यास र अपच जस्ता समस्यालाई समेत समाधान गर्छ ।

५. गुर्जोको प्रयोग रुघाखोकी र चिसो कम गर्न र धेरैदिनसम्म लागेको ज्वरो र तापक्रम कम गर्न फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!