भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेबसाइटको ट्वीटर अकाउन्ट बुधबार अबेर राती ह्याक भएको छ । तर त्यसको केही बेरमा नै समस्या समाधान गरिएको छ । अब यस विषयमा ट्वीटरको बयान आएको छ जसमा उले ह्याकिङ भएको स्विकारेको छ । ट्वीटरले भनेको छ, ‘केही दिन अघि बराक ओबामा, एलन मस्कजस्ता हस्तीको अकाउन्ट ह्याक गरेर बिटक्वाइको माग गरिएको थियो । यो ठ्याक्कै त्यस्तै ह्याकिङ हो ।’

समाचार एजेन्सी रोयटर्सलाई ट्वीटरले भनेको छ, ‘हामीलाई नरेन्द्र मोदीको अकाउन्ट ह्याकमाथि जे भएको छ, त्यसबारे जानकारी छ र हामी यसलाई सुधार्नमा लागेका छौं ।’

ट्वीटरका प्रवक्ताले आफूहरुले यो मामिलाबारे पूरा अनुसन्धान गरिरहेको तर उनको अकाउन्टबाहेक अन्य अकाउन्टमा पनि केही फेरबदल भए नभएको भन्ने जानकारी नभएको बताएका छन् ।

बुधबार अबेर राती @narendramodi_in अकाउन्टबाट एउटा ट्वीट गरिएको थियो । जसमा लेखिएको थियो, ‘यो अकाउन्ट जोन विकद्वारा ह्याक गरिएको हो । हामीले पेटीएम मल ह्याक गरेका छैनौं ।’ यसबाहेक अर्को एउटा ट्वीटमा क्रिप्टोकरेन्सीद्वारा नेशनल रिलिफ फन्डमा पैसा हाल्न भनिएको छ । यद्यपि, यो ट्वीट गरिएको केही मिनेट पछि नै यसलाई डिलिट गरिएको थियो र आधा घण्टाभित्र ट्वीटरले अकाउन्टलाई पुरानै स्थितीमा फर्काइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!