बिहिबार, भाद्र १८, २०७७ || 838  पटक पढिएको

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन। तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । साथै स्रोतका अनुसार नेमारलाई कोरोना संक्रमण भएको एएफसीले उल्लेख गरेको छ । पिएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएर र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरु खेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ । फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ । फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!