सोमबार, पौष २८, २०७६ || 1011  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, २८पौष :मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताउनु भएको छ ।

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा आज आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वास्तोलाले सो कुरा बताउनु भएको हो । उहाँले सवै जातीय संस्कृति उत्थानका लागि नगरले सधैं सहयोग पुर्याउने पनि जनाउनु भयो ।

सो अवसरमा, उपप्रमुख वास्तोलालाई कुलुङ जातीको मौलिक पहिरन र सम्मानपत्रले सम्मानित समेत गरिएको छ । वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, डम्बर चेम्जोङ, बाबुराम दहाल सहितका जनप्रतिनिधिलाई पनि मौलिक टोपी लगाएर सम्मानित गरिएको छ ।

खड्ग कुलुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा, हण्डिफोर, म्यूजिकल चियर्स प्रतियोगिताका साथै विभिन्न जातीय साँस्कृतिक नृत्यहरु प्रस्तुत भएका थिए । उनीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!