बुधबार, भाद्र १७, २०७७ || 1725  पटक पढिएको

कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगालको पानीट्यांकी नाकाबाट ५ महीनादेखि अवरुद्ध पेट्रोलियम आयात सुचारु भएको छ ।

नेपाली ट्यांकरहरूले सिलिगुडी डिपोबाट डिजेल, पेट्रोललगायत इन्धन नेपाल ल्याउन शुरू गरिसकेको मेची भन्सारले बताएको छ ।

पश्चिम बंगाल सरकारले अनिश्चितकालीन पानीट्यांकी नाका बन्दा गरेको ५ महीनापछि मात्र आंशिक खुला भएको हो । आंशिक रूपमा सुचारु भएसँगै भारतीय मालवाहक गाडीलाई काँकडभिट्टा नाकाबाट प्रवेश दिए पनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

मेचीनाकाबाटै बिहान ८ बजेदेखि बेलुका ५ बजेको समयसीमा तोकेर भारतीय भन्सारले खाली गाडी फर्कन दिइएको छ ।

पश्चिम बंगाल सरकारले पटकपटक गरी नाका सुचारु गरे पनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन थिएन । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!