मंगलबार, भाद्र १६, २०७७ || 465  पटक पढिएको

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए । केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा बसिरहेका छन् ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!