भूमिका पाख्रिन
लेटाङ,२८ पौष :लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित सिद्धेश्वर शिवालय मन्दिरमा आइतबार देखि श्रीमद शिव पुराण ज्ञान महायज्ञ तथा धान्यान्चल सुरु भएको छ । मन्दिरको भौतिक संरचनाहरुको पुनःनिर्माण कार्य सम्पन्न गर्नका लागि पुराण आयोजना गरिएको पुराण आयोजक समितिका सचिब शोभा खड्काले बताइन् । संबिधान सभा सदस्य डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल, वडाध्यक्ष भूम सूर्य मगरले सबै धर्मको संरक्षण सम्बर्द्धन गर्दै धार्मिक पर्यटनमा जोड दिए । कलश यात्रा बाट सुरु गरिएको पुराणको प्रमुख बाचकका रुपमा भागवत आचार्य पन्डित केवल कृष्ण अधिकारी र उपबाचक पन्डित चन्द्र शेखर दाहाल रहने आयोजकले जनाएको छ । सिद्धेश्वर शिवालय मन्दिर ब्यबस्थापन समितिको आयोजनामा सुरु भएको पुराण माघ ८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!