हिपमत डटकम
सुनसरी, २८ पौष :सुनसरीको ईटहरी उप(महानगरपालिका(५ पिपलचोक स्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो पौने १ बजेको समयमा को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उपमहानगरपालिका(४ हलगडा बस्ने बर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो । उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५ बस्ने वर्ष ३८ को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह(चालकले चलाएको खुल्न आएपछी सह(चालक रामधुनि ३ बस्ने वर्ष ४९ को प्रेम बहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!