जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मा कार्यरत दुईजना प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) र जवानमा कोरोना देखिएको नवलपरासी पश्चिममा कार्यरत एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । उनीहरुलाई सुनवल नगरपालिकाले तयार पारेको आइसोलेशनमा राखिएको छ ।

संक्रमित जवान जिप्रकाको कम्यूटर शाखामा कार्यरत थिए । संक्रमित असई नेपाल–भारत सीमानामा खटिएका थिए । लक्षण देखिएपछि पीसीआर जाँच गर्दा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले सबै प्रहरी कर्मचारीलाई गुर्जो, बेसारपानी र आयुर्वेदिक कस्तुरीभुषणको प्रयोग अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!