सोमबार, भाद्र १५, २०७७ || 720  पटक पढिएको

विवाहको नाममा विश्वासघातको एक कहानी भएको छ । भारतको रोहतकमा नयाँ दुलहीले विवाहको पहिलो रातमा आश्चर्यमा पारिदिएकी छिन् । बिहान सबैजना उठ्दा त दुलही फरार भइसकेककी थिइन् । दुलाहाले प्रहरीमा उजुरी दिएका छन् ।

पिडित दुलाहा पंकजले भिनाजुसँग झारखण्ड गएको र चम्पाडीह गाउँको एक युवतीसँग विवाह गरेको प्रहरीलाई बताएका छन् । ती युवतीसँग विवाह गर्नलाई बिचौलियालाई १ लाख रुपैयाँ समेत दिएको बताएका छन् ।

उनले दुलही लिएर आफ्नो घर आएको दिन पत्नीसँगै सुतेका थिए । विहान आँखा खोल्दा दुलही थिइनन् । पुरै घर परिवारमा खोजी भयो तर उनी भेटिनन् । ती दुलही ढोका खोलेर फरार भएकी थिइन् । आफु बाहिर निस्केर बाहिरबाट नै ताला लगाइदिएकी थिइन् । पंकजले प्रहरीसमक्ष आफुमाथि विश्वासघात भएको भन्दै उजुरी दिएका छन् । उनको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!