सोमबार, पौष २८, २०७६ || 1366  पटक पढिएको

हिपमत डटकम
विराटनगर, २८ पौष: स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही माघ १ गतेदेखि विराटनगरमा चारदिने सडक महोत्सव हुने भएको छ ।
विराटनगर महानगरपालिकाको मुख्य प्रवद्र्धन र मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुने महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू मुख्य आकर्षक रुपमा रहने जनाइएको छ । त्यस्तै फुट ट्रक थप आकर्षणका रुपमा रहने आयोजकको भनाइ छ ।
५० वटा स्टल रहने महोत्सवमा खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहनेछन् । आयोजक समितिका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार महोत्सवमा १ करोड करोबार हुनेछ । बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । “यो महोत्सव नेपाल सरकारले अघि सारेको भ्रमण वर्षप्रति पनि लक्षित छ,” आयोजक ताम्राकारले भने, “त्यही भएकाले प्रदेश–१ का प्रमुख पर्यटकस्थलहरूको फोटो प्रदर्शनी पनि राखिएको छ ।”
सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापालगायतका १ लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने कार्यक्रम सहसंयोजक सन्तोष महत (स्यान्ट्रो)ले जानकारी दिए । महोत्सव हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!