सोमबार, भाद्र १५, २०७७ || 546  पटक पढिएको

अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् ।

नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार त्यहाँ प्रदर्शन भएको न्युयोर्कबाट दिइएको समाचारमा जनाइएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका छन् ।

पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा सो प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए । प्रदर्शनका सहभागीले भनेका थिए– हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रुपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ ।

उनीहरुका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरुले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरु समेतलाई बेपत्ता बनाएका छन् । यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको भनाई छ । सो क्रम अहिले पनि नरोकिएको बरु झनै बढ्दै गएको उनीहरुको भनाई छ ।

सो पदर्शनमा सहभागी भएका एकजना व्यक्ति नजिब खानले भनेका छन् – हामीले पाकिस्तानको सेना र त्यहाँको सरकारको समेत यो गलत कार्यका बारेमा विश्वमा नै थाहा दिन यहाँ आएर प्रदर्शन गरेका हौँ ।-एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!