खबर ठुलो छ

भारतको उत्तराखण्डको ऋषिकेषस्थित लक्ष्मण झुलामा फ्रान्सेली महिलाले नग्न तस्बिर खिचेर पोष्ट गरेकी छिन् । उनले उक्त भिडियो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन् ।

महिला २७ वर्षीया मारी हेलेन हुन् । उनले पवित्र तीर्थस्थल क्षेत्रमा नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि बिहिबार पक्राऊ गरिएको हो । उनीमाथि भारतको इन्टरनेट कानुन अनुसार कारबाही बढाइएको छ । महिला दोषी ठहरिएमा तीन वर्ष सम्म कैद सजाय भोग्नेछिन् ।

धरौटीमा रिहा भएकी महिलाले आफूले गहनाको व्यापारको प्रोमोशनका लागि उक्त भिडियो खिचेको दाबी गरेकी छिन् । तर, त्यहाँको प्रहरीले पवित्र गँगा नदीमाथिको लक्ष्मण झुलामा त्यस्तो गतिविधि गरेकाले प्रश्न उठेको बताएका छन् । उक्त स्थानमा राम, लक्ष्मण र सीताले गंगा नदी तरेको धार्मिक विश्वास छ ।-Photo Source: Agency

सोमबार, भाद्र १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया