आइतबार, भाद्र १४, २०७७ || 524  पटक पढिएको

सलमान खानको बहुचर्चित रियालिट शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै सुरु हुदै छ । हरेक वर्ष नयाँ सिजनले दर्शकहरुलाई निकै उत्साहीत गराउदै आएको छ ।

चर्चित ‘बिग बोस’ शो को होस्ट सलमान खानको वर्षैपिच्छे फि रकम बृद्धि हुँदै जान्छ । तर यो वर्ष भने सलमानले फि सर्वाधिक लिने भएका छन् । एक रिर्पोटका अनुसार सलमानले १४ औं सिजनको लागि करीब २५० करोड रुपैयाँ लिने भएका छन् । यस शो को हप्तामा एक पटक दुई एपिसोड सुर्टिङ हुनेछ । जसको लागि उनलाई करिब २०.५० करोड रुपैयाँ फि दिनेछन् । यो हिसाबले उनले एक एपिसोडको लागि १०.२५ करोड रुपैयाँ फि लिनेछन् ।

यो फि को साथसाथै कलर्सले उनीसँग अर्को पनि सम्झौता गरेको छ । सम्झौता अनुसार सलमान एक वर्षसम्म कलर्स च्यानलको केही अवार्ड शो मा सहभागी हुनु पर्नेछ । बिग बोस हरेक वर्ष सेप्टेम्बरमा प्रसारित हुँदै आएको छ । तर यो वर्ष भने अगाडि नै हुने भएको हो ।

एक सुत्रका अनुसार बिग बोसको लागि मुम्बईको फिल्मसिटीमा एक घर तयार गर्न लागिएको छ । मुम्बईमा लगातार वर्षाको कारण केही समयको लागि काम रोकिएको छ । बिग बोस १४ औं सिजनको सुरुवात अक्टोबरको मध्येबाट सुरु हुनेछ ।

सलमान बिग बोसको साथसाथै को फिल्म ‘राधेः यार मोस्ट वान्टेड भाई’ को निकै चर्चा भएको छ । उक्त फिल्मको सुटिङको काम १०–१५ दिनको काम बाकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!