आइतबार, भाद्र १४, २०७७ || 644  पटक पढिएको

मोरङ र सुनसरीका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो २ बजे लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १-०२-०४० प ९६६८ नं को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा चालक गढी गाउँपालिका-३ सुनसरीका २७ बर्षीय सुभाष कुमार साह र पछाडी सवार रहेका मोरङ जहदा गाउँपालिका-१ का २१ बर्षीय रुपेश यादवलाई लागुऔषध DILEX-DL १४ बोतल सहित पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भाण्टावारीबाट स्थानीय २२ बर्षीय सुसिल शर्मालाई नाईट्रोसन १०० ट्याब्लेट, एस.पी. ५५२ ट्याब्लेट र कोरेक्स १०० ML को ३३ बोतल लागुऔषध सहित शनिवार दिउँसो ४ बजे पक्राउ गरेको हो भने लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!