सोमबार, पौष २८, २०७६ || 1234  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस -२८:नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए । कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ ।नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उहाँले उत्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!