सिन्धुपाल्चोकमा बाढीपहिरोबाट विस्थापितहरूको सुरक्षित स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । शनिबार बेलुकी प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटघाटमा सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिले निम्त्याएको क्षतिको विवरण पेश गर्दै अस्थायी बसोवासको प्रबन्ध गर्न प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सभामुख सचिवालयका अनुसार भेटमा सापकोटाले जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थानान्तरणसहित स्थायी बसोवासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरोपीडितका लागि जनस्तरबाट संकलित रकम निकासा गर्नेलगायतका विषय उल्लेख गरेका छन् ।

जवाफमा ओलीले विपत्तिबाट सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित कार्यहरू यथाशीघ्र अघि बढाउने बताएका थिए ।

३० साउनमा लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोवासको व्यवस्था मिलाइएको छ । १० भदौमा सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोवासका लागि आएका लिदीवासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवं सरसफाइका सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!