नेपाली गायनको ईतिहासमा टेलिभिजन रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाईज ‘अमेरिकन आईडल’ को नेपाली सस्करण हो ‘नेपाल आईडल’ जस्तो तेश्रो सिजन सम्पन्न भएको छ । जसबाट नेपाल आईडलको ईतिहासमा पहिलो पटक महिला प्रतिष्पर्धी बिजेता हुन सफल भएको छ । उक्त नाम हो सज्जा चौलागाईं । उनले बिजेताको उपाधी संगै ५० लाख नगद पुरस्कार समेत पाएकी छन् । कोरोना महामारीका कारण केही समय रोकिएको आईडलको शोहरु केही साता अघिबाट मात्रै सुरु भएको थियो । यतिबेला सामाजिक संजाल तथा मिडियाहरुमा सज्जाको चर्चा परिचर्चा चलिरहेको छ ।नेपाल आईडलको तेस्रो सिजनमा आईपुग्दा महिला प्रतिष्पर्धी बिजेता हुदा धेरैले विशेष रुपमा हेरेका छन् । उनलाई उनको फ्यानहरु देखि चर्चित कलाकारहरूले समेत आफ्नो सामाजिक संजालहरुबाट बधाई तथा सुभकामना दिइरहेका छन् । गायक राजेश पायल राई, रामकृष्ण ढकाल, अभिनेत्री रेजिना उप्रेती, वर्षा राउत, पुजना प्रधान, हास्यकलकार कुमार कट्टेल, फिल्म निर्माता अशोक शर्मा लगायतले उनलाई सुभकामना दिएका हुन् ।

तर, यसपटक बिजेता घोषणा भिन्न भैदिएको छ । कोरोनाको कारण स्टुडियोमै सामान्य रुपले गर्नलाई खुम्चिएको फाईनल कार्यक्रममा बिजेता घोषणा गर्नेबेला उद्घोषक, निर्णायक, बाध्यबाधक लगायत टिमका कोहि पनि उपस्थित थिएनन् । कारण हो, ग्रान्ड फाईनलका सबै कार्यक्रम छायांकन सकिएपछि नेपाल आईडल टिम भित्रैको एकजनामा कोरोना पोजेटिभ भएको पुष्टि भयो । जसका कारण रिजल्टको लाईभ प्रभावित भयो । तर दर्शकको व्यग्र प्रतीक्षालाई ध्यानमा राख्दै अन्नपूर्ण मिडिया नेटवर्कका क्याप्टेन रामेश्वर थापाले जर्जको निर्णय र दर्शकको भोटका आधारमा बिजेता तथा उपबिजेताहरु घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!