शनिबार, भाद्र १३, २०७७ || 763  पटक पढिएको

आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षका भिनाजु कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको छ । खजुरा(५ रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खाजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ।

ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाइृ अपहरण गरेको अनुसन्धानमा खुलेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!