न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा गोलाबारी गर्ने ब्रेन्टन टारान्टविरुद्ध आजीवन जेल सजायको फैसला भएको छ । १५ मार्च २०१९ मा उनले दुुई मस्जिदमा छिरेर अन्धाधुन्ध गोली चलाउँदा प्रार्थना गर्न आएका ५१ जनाको ज्यान गएको थियो ।

न्युजिल्यान्डमा कुनै पनि व्यक्तिविरुद्ध जीवनभर जेलबाहिर निस्कन नपाउने सजाय भएको यो पहिलो घटना हो । २९ वर्षीय टारान्ट अस्टे«लियाली नागरिक हुन् । सजायको फैसला सुनाउनुुअघि न्यायाधीश क्यामरुन मन्देरले टारान्टलाई क्रुुर, निदर्यी र मानवता नभएको व्यक्ति भने ।

 

टारान्टले पहिले अल नुर मस्जिद र त्यसपछि लिनउड इस्लामिक सेन्टरमा प्रार्थना गर्न आएकाहरुलाई मेसिनगनमार्फत गोली हानेका थिए । १५ मार्चमा भएको यस घटनामा ५१ जनाको मृत्यु भयो भने धेरैजना घाइते भए । टारान्टले १७ मिनेटसम्म यस हमलाको फेसबुकमार्फत लाइभ पनि गरेका थिए । फेसबुकले पत्तो पाएपछि लाइभ स्ट्रिमिङलाई हटायो ।

आक्रमण गर्नुअघि उनले अन्य समुदायप्रति घृृणा फैलाउने र स्वेत सर्वोच्चताको पक्षपोषण गर्नेगरी लामो दस्तावेज नै तयार गरेका थिए । घटनाका २ सयभन्दा बढी पीडित तथा क्यान्टरबरीस्थित मुस्लिम संघलगायत विभिन्न संघ–संस्थासँग बयान लिएपछि न्यायाधीश मन्देरले यस्तो फैसला सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!