शुक्रबार, भाद्र १२, २०७७ || 1144  पटक पढिएको

 

लोकप्रिय गायक नवराज घोरासैनीले बिगत २ दशकदेखि नेपाली लोकगायनमा संक्रिय रहदै आएकी गायिका आशा लामालाई गायनमा डोराउदै आएका छन् । सबैप्रकारका लोकगीत गाउदै आएकी आशालाई बेला बेलामा काठेभाकामा पनि अवसर दिने काममा घोरासैनी निकै संक्रिय छन् । हरेक वर्षजसो एउटा गीत आशासंग गाउदै आएका छन् । यसपाली पनि एउटा मिठो काठे गीतमा यो जोडी देखापरेको छ । ‘तारा खसालेर’ नामक थेगोमा नाचौ नाचौ लाग्ने गीत बनाएका छन् । गीतको सबालजबाफ गज्जबको छ । सुन्दा नै मन आन्नद हुने खालको छ । संगीत पक्षमा सुन्दर छ ।

माधब थापा र नवराज घोरासैनीको शब्द संकलन रहेको यो गीतको भाका बनाउने काम नवराजले नै गरेका छन् । कमल सौरागको संगीत संयोजन रहेको यो गीतमा अन्जली अधिकारी , सुनिल गुरुंग अरुना रत्न, देवि लामिछाने ,कृष्ण घिमिरे, बिष्णु ढकाल, रेडी सेवा, गोकुल गाउले, सन्दिप लोहनीको सामुहिक नृत्य तथा अभिनय छ । गीतमा बिबाहको कथा उनिएको छ । बेहुलीको भुमिकामा अरुणा रत्न देखापरे छिन् । निकै आकर्षक देखिएकी छिन् उनी । भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने संन्तोष राजवाहकले कोरियोग्राफ़ी,बुद्ध थापाले छायांकन गरेका छन् । भिडियो आकर्षक बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!