१६ बर्षिया किशोरी माथि चार जनाले गरे सामुहिक बलात्कार

किशोरीलाई जबर्जस्ती करणी गरेका हुन्

शुक्रबार, भाद्र १२, २०७७ || 1121  पटक पढिएको

मोरङको बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित किशोरीमाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका छन्। प्रहरीका अनुसार घटना गतको मंगलबार दिउँसोको हो। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार स्थानीय जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीमाथि सुरुमा तीन बालक र पछि गाउँकै ४० वर्षीय होम तामाङले बलात्कार गरेका हुन्।

किशोरीमाथि बलात्कार गर्ने तामाङ घटनापछि फरार छन्। उनी किशोरीले चिनेजानेकै व्यक्ति हुन्। यस्तै गाँउकै १२, १३ र १४ बर्षका बालकले समेत किशोरीलाई बलात्कार गरेका छन्। किशोरी र बालक सबै दलित समुदायका हुन्। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीका अनुसार सुरुमा विभिन्न डरत्रास देखाउँदै तामाङले ती किशोरी र बालकलाई नियन्त्रणमा लिए। पहिला तीन बालकलाई पालैपालो किशोरीमाथि बलात्कार गर्न लगाए। पछि तामाङ आफूले पनि बलात्कार गरेको बयान बालकहरुले प्रहरीलाई दिएका छन्।

प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि किशोरीलाई जबर्जस्ती करणी गरेका हुन्।

तामाङले ज्यान मार्ने धम्की दिएपछि आफूहरुले गलत काम गरेको बालकहरुले बयान दिएका ढकालको भनाई छ। तीनै जना बालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!