नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् । श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने यत्रो हिम्मत ? तिमीलाई के लाग्छ ? जे गरिरहेको छौ त्यो भगवानले देख्नुभएको छैन ? ’

सुशान्तकी दिदीले थपेकी छिन्, ‘मलाई भगवानमाथि विश्वास छ । उहाँले सबै हेरिरहनुभएको छ ।’

उनले थपिन्, ‘१२० मिनेटको अन्तरवार्ता दिएर उनी सबै प्रश्नबाट मुक्त भइन् भनेर सोचिरहेकी छिन् भने उनी पूर्ण रुपमा गलत छिन् । जुन व्यक्तिलाई तपाईं प्रेम गर्नुहुन्छ, उसको मृत्यु भएपछि उसको छविलाई कसरी धुमिल्याउन सक्नुहुन्छ ? तर रियाले यस्तो गरिन् । रियाले भनेकी छिन् सुशान्तलाई उचाईदेखि डर लाग्थ्यो तर रियाको झुटो धेरै बेरसम्म टिक्न सकेन । सुशान्तलाई त जहाज उडाउन र हावामा स्टन्ट गर्न निकै मज्जा लाग्थ्यो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!