पूजारी हत्याको बिरोधमा सामान्य मानिसले न्याय कहिले पाउने सरकार ?

१२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा

शुक्रबार, भाद्र १२, २०७७ || 480  पटक पढिएको

रौतहटस्थित हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिनसहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।

राप्रपा नेता राजाराम बर्ताैलाले प्रहरीले १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकिमा राखिएको जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!