जेलभित्र कोरोना, रेशम चौधरीसहित पाँच सय ६७ जना कैदीबन्दी

पूर्व सांसद रामचन्द्र प्यासी पनि अहिले त्यहिँ छन्

शुक्रबार, भाद्र १२, २०७७ || 855  पटक पढिएको

उपत्यकाको मुटुका रूपमा चिनिने डिल्लीबजार कारागार,चारखालमा खटाइएका सुरक्षाकर्मीमा पनि कोरोना देखिएको छ । अस्ति परीक्षण गरेका एकजना प्रहरीमा हिजो संक्रमण पुष्टि भएको हो । डिल्लीबजारमा ९८ जना सुरक्षाकर्मी छन् । संक्रमण पुष्टि भएका ती सुरक्षाकर्मीलाई दुई दिनअघि सामान्य ज्वरो आउने र जिउ दुुख्ने लक्षण देखापरेपछि कोरोना परीक्षण गरिएको थियो ।

अहिले डिल्लीबजार कारागारमा रेशम चौधरीसहित पाँच सय ६७ जना कैदीबन्दी छन् । त्यसमध्येका एक्लो भीआईपी कैदीबन्दी कैलालीबाट निर्वाचित माननीय रेशम चौधरी मात्र हुन् । अर्का मिनी भीआईपी कैदीबन्दीमा बाराका पूर्व सांसद रामचन्द्र प्यासी पनि अहिले त्यहिँ छन् ।

पूर्व प्रहरी महानिरीक्षकहरू र सशस्त्रका पूर्व डिआईजी रञ्जन कोइराला जेलमा कोरोना देखिनुुअघि नै छुटिसकेका छन् ।

जनआस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!