शुक्रबार, भाद्र १२, २०७७

विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गितकार,गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ ।अहिले चर्चाको शिखरमा रहेककी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन् ।

नायिका नम्रता सापकोटा ,सुरेन्द्र लामिछाने , प्रल्हाद सुवेदीको अभिनय रहेको छ ।गीतमा प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी ।कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको सुरेन्द्र बताउँछन् ।उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया