झापाको बिर्तामोड नगरपालिका-७ बस्ने अनवारुल मियाको १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।