प्रेम यादव
हिपमत डटकम
बिराटनगर, २७ पौष :बिराटनगर -२ कामत टोल स्थित बिद्या मार्ग टोल विकास संस्थाले आज आफ्नो साधारणसभा सम्पन्न गरेको छ ।
२०५७ सालमा स्थापना गरिएको उक्त संस्थामा अहिले ९६० सदस्यहरु रहेको छ। संस्थामा रहेका सदस्यहरुले आफ्नै लगानीबाट शुरुवात गरेको कोषले गत तीन सालमा १९ लाखको आम्दानी गरेको छ ।यस संस्थाको कोषमा रहेको रकम , यसै संस्थामा रहेको सदस्यहरुलाई सानो उधोग संचालन गर्नेहरुलाई मासिक १.५ का ब्याजदरमा पैसा दिने गर्छन् भने गरिब, दलित, असहाय र अपाङ्गताभएका व्यक्तिहरुलाई पनि सहयोगसस्थाले गर्दै आएको छ । सुभाष कामतको अध्यक्षतामा एक कार्यक्रम गरि संस्थाले नयाँ कार्यसमितिको समेत गठन गरेको छ। सस्थाको अध्यक्षमा सुभाष कामत त्यस्तै उपाध्यक्षमा अमन कामत,सचिवमा अमित कामत,सह-सचिवमा सुमन कामत र कोषाध्यक्षमा राम स्वरूप कामत चयन भएको हो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाको मेयर भिम पराजुलीले आजको दिनमा शिक्षाको अति नै आवश्यक भएको कारणले यस संस्थाले भोलिको दिनमा शिक्षामा पनि लगानी गर्नु पर्छ र यस संस्थाले गरेको समाजिक कार्यमा महानगरले पनि सहयोग भनि प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!