सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । जसमा एक व्यक्तिले आफ्नो प्रेमिकालाई प्रेम प्रस्ताव गर्नको लागि आफ्नो शरीरमा आगो लगाएका छन् । वास्तवमा यो भिडियोमा देखिएका व्यक्तिको नाम रिकी एश हो । रिकी पेशाले प्रोफेशनल स्टन्टमैन हुन् । यसैले पनि यस्तो खतरनाक स्टन्ट सजिलै गरेका हुन् तर अरुले भने भुलेर पनि गर्नु हुँदैन । न्युर्योकमा भएको यस घटनाका मुख्य व्यक्ति ५२ वर्षका रिकी यशले पहिला पनि हलिउडका कलाकारको लागि केहि यस्ता काम गरेका थिए ।
रिकीले प्रेमिका कैटरिना डाबसनलाई आफ्नो स्टन्टको साथमा प्रेम प्रस्ताव राख्न चाहान्थे । यसकारण आफ्नो शरीरमा आगो लगाएर प्रेमिकाको साथमा पुगेर बसेर प्रेम प्रस्ताव राखेका थिए । उनले स्टन्टको क्रममा सुरक्षाका सबै बन्दोबस्त गरेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देख्न सकिन्छ । उनको टिमका सदस्य फायर एक्सटिंग्विशरले रिकीको शरीरमा आगो लगाइदिएका थिए ।
Talk about a hunk of burning love! 🔥 Professional stuntman Riky Ash popped the question while aflame, during a decoy photoshoot set up to surprise his girlfriend, Katrina Dobson, a COVID-19-fighting nurse https://t.co/M6gzeQY3wv pic.twitter.com/PtbTfO67xx
— New York Post (@nypost) August 11, 2020