सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’

रियाले प्रहरीसँग सुरक्षा मागिन्ः

नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ । हामीले प्रहरीलाई बताएका छौं तर कसैले केही मद्दत गरेनन् । अनुसन्धान एजेन्सीसँग पनि मद्दत मागियो तर कुनै फाइदा भएन । मुम्बई प्रहरीलाई हाम्रो सुरक्षाका लागि अपिल गर्दछौं ता कि अनुसन्धान एजेन्सीलाई सहयोग गर्न सकूँ ।’

https://www.instagram.com/p/CEYg61Nnwoe/

सिबिआई आज रियासँग सोधपुछ गर्नसक्छः

सिबिआईले रियाका भाइ शोविकसँग सोधपुछ गरिरहेको छ । पिता इन्द्रजीत चक्रवर्तीलाई पनि सोधपुछका लागि पत्राचार गरिएको छ । रियासँग बिहिबार नै सवाल–जवाफ गर्ने सम्भावना छ । सुशान्तका रुममेट सिद्धार्थ पिठानीसँग सिबिआईले लगातार पाँचौं दिन सोधपुछ गरिरहेको छ । अनुसन्धान एजेन्सीले आज एक महिलालाई बोलाएको छ । यी महिला को हुन्, यसबारे केही जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!