मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथि सँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारि व्यावसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । पढाई लेखाईमा थोरै बढि समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउदै जित निकाल्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुने हुदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा बिभिन्न फाईदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा भनेजस्तो सफलता प्राप्त गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!