रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बहादुर बादीको हत्या गरिएको छ । हत्यामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । हत्या गरिएका मन बहादुर बागमारा स्थित बादीटोलका किराना पसले हुन् । गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई मृतक मन बहादुरले ‘चिनी छैन’ भनेपछि उनले आक्रमण गरेका थिए । मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नसाथ चिर्पटले हानेर हत्या गरेको आरोपी रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् । शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!